काठमाडौ, असार १४ (हाकाहाकी)– अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परेर गल्याङ नगरपालिका सा¨लीका ४९ वर्षीय यामबहादुर विकको ज्यान गएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । राति ३ बजेतिर घर माथिबाट आएको ढिस्को खसेर पछाडीको भित्ता भत्काएर ३ जना पुरीएको थियो ।
पुरीएकोमा मध्ये विककी श्रीमती गम्भिर घाइते भइ उपचारका लागि पाल्पा पठाईएको छ । ३ जनाको परिवार रहेको विकको परिवारमा छोराको अबस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ ।