Thursday, October 31, 2024

कोरोना संक्रमित बढ्न थालेपछि सुदूरपिश्चिममा स्थानीय तह सिल गर्ने क्रम बढ्यो

काठमाडौ, असार १२ (हाकाहाकी)– सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्न थालेपछि स्थानीय तहहरुमा एक पछि अर्को गर्दै सिल गर्न थालिएको छ ।

भारतबाट घर फर्किनेको संख्या यथावत रहेको र भरपर्दो स्वास्थ्य परीक्षण नहुँदा सुदूरपश्चिममा कोरोना संक्रमणको गति तीव्र बनेको छ ।

संक्रमण अत्याधिक मात्रामा फैलिन थालेसँगै स्थानीय तहहरु संक्रमणको खतरालाई कम गर्न सिल गर्नुपर्ने अवस्थामा पुगेका हुन ।

जिल्लाका मुख्य व्यापारिक केन्द्र र जिल्लाका सदरमुकाम क्षेत्रमा भिडभाड कायमै रहेकोले जोखिम कम गर्नका लागि सिल गर्न थालिएको हो । अहिलेसम्म सुदूरपश्चिमका ५ वटा स्थानीय तहहरु कोरोनाको जोखिम बढ्दै गएको भन्दै सिल गरिएको छ ।

सिल भएका स्थानीय तहमा कैलालीका गोदावरी नगरपालिका र गौरीगगा नगरपालिका, डडेल्धुराका अमरगढी नगपालिका र गन्याफधुरा गाउँपालिका तथा बैतडीको दशरथचन्द नगरपालिका रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार