Tuesday, December 24, 2024

भारतको उत्तरी दुई राज्यमा चट्याङबाट १०७ को मृत्यु

काठमाडौ, असार १२ (हाकाहाकी)– उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १ सय ७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

हिजो साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको भारतको आपतकालीन प्रबन्धन विभागले जनाएको छ ।

बिहारको २३ जिल्लामा परेको चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको र घटनाको पूर्ण विवरण आइनसकेको खबरमा उल्लेख छ । घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार÷चार लाख रुपियाँको राहत घोषणा गर्नु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार