काठमाडौ, असार १२ (हाकाहाकी)– गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले आज बिहान विज्ञप्ति जारी गर्दै तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि गर्नुभएको छ ।