Thursday, October 31, 2024

हेटौडा–कुलेखानी र कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध

काठमाडौ, असार १२ (हाकाहाकी)– हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएका छन् ।

हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

यो खण्डमा वागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको छ । १६ किलोमिटर लामो सडकमा दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले चौडा पार्ने काम गरिरहेको हो ।

लगातारको वर्षाका कारण बिस्तारको क्रममा रहेको बाटोको माथिबाट लेदो माटोसहित पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको छ ।

अहिले पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।

निर्माणको क्रममा रहेको हेटौंडा–काठमाडौं कान्ति लोकपथ सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ । लोकपथ अन्तर्गत बकैया–११ घट्टेपाखा, सिमात, बैकया–१२छेपारे, भिमफेदी–८ कालोपहिरो, गंगटेमा लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक खुलाउन पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार