काठमाडौ, असार १२ (हाकाहाकी)– भारतको मौसम विज्ञान विभागले आउँदो ७२ घण्टा भित्र नेपाल तथा भारतको भूभाग डुबानमा पर्न सक्ने सूचना सार्वजनिक गरेको छ ।
मौसमको वर्तमान गतिविधि र संख्यात्मक मौसम ढाँचालाई आँकलन गर्दा भारतको अधिकांश भागमा आउँदो ७२ घण्टा भित्र भारी वर्षा हुने संभावना रहेको भारत मौसम विज्ञान विभागद्वारा सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भारी वर्षापछि यातायातमा बाधा पुग्न सक्ने, बिजुली सेवा बन्द हुन सक्ने, नदिको जलस्त बन्द हुन सक्ने, भवनका तल्लो तलामा पानी जम्न सक्ने अनि कृषि खाद्यान्न नाश हुन सक्ने संभावना रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा यसको प्रत्यक्ष प्रभाव नेपालको तराई क्षेत्रमा र तराईसँग जोडिएको भारतीय भूभागमा पर्ने उल्लेख गरिएको छ । तराईको उत्तरी क्षेत्र र मध्य बिहारका क्षेत्रहरु, जस्तै पश्चिमी चम्पारण, पूवी चम्पारण, गोपालगञ्ज, सिवान, शिवहर, सीतामढी, दशभंगा, मुज्जफरपुर, समस्तीपुर, सारण, मधुबनी सुपौल, अररिया, मधेपुरा, पूर्णिया लगायतको ठाउँ डुबानमा पर्ने संभावना रहेको छ ।