Thursday, October 31, 2024

विश्वमा ९६ लाख ९८ हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौ, असार १२ (हाकाहाकी)– कोरोना संक्रमणका कारण विश्वमा ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

यसैगरी कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ । यसैगरी विश्वभर ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका रहेको छ। । अमेरिकामा २५ लाख २ हजारभन्दा बढीमा संक्रमण पुष्टी हुँदा १ लाख २६ हजार ७ सय जनाको मृत्यु भईसकेको छ । अमेरिकापछि बढी संक्रमण फैलिएको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार नाघ्दा ५५ हजार बढीले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली मुलुकहरुमा भारतमा संक्रमण भयावह बनिरहेको छ । भारतमा हालसम्म ४ लाख ९१ हजार संक्रमित भेटिंदा १५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

यसैगरी पाकिस्तानमा ३ हजार ९ सय तथा बंगलादेशमा १६ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसैबीच, युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार