काठमाडौ, असार ९ (हाकाहाकी)– कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्ने बाटो सहज भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरे सँगै श्रम स्वीकृति दिनका लागि बाटो खुलेको हो ।
श्रम स्वीकृति यो दिनदेखि दिने भन्ने कुनै निर्णय भएको छैन । यो निर्णय गर्ने अधिकार सीसीएमसीले श्रम मन्त्रालयलाई दिएको छ ।
सरकारले कोरोना महामारीका कारण विगततीनमहिनादेखि रोकिएको वैदेशिक रोजगारी जानेको श्रम स्वीकृतिमन्त्रालयले मापदण्ड बनाएर खुला गर्न सक्ने निर्णय गरेको छ । सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपालआएकासहितनयाँ रोजगारीमाजाने श्रमिकलाई श्रम स्वीकृतिदिने निर्णय गर्न सक्ने जनाएको छ ।
श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखाप्रमुखएवं सहसचिव उमेश ढुङ्गनाले सीसीएमसीको अख्तियारीको, श्रम मन्त्रालयको सिफारिसका आधारमा बिदामाआएका साथै नयाँलाई पनिश्रम स्वीकृतिदिने निर्णय आएको तर मन्त्रालयले यसबारेमा निर्णय गरिनसकेको बताउनुभयो ।
वैदेशिक रोजगार विभागकामहानिर्देशककुमारप्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशनतयार गरेर विभागमा पठाएपछि श्रम स्वीकृतिदिन सुरु गर्ने बताउनुभयो ।