Thursday, October 31, 2024

डोटीको केदार गाँउपालिकाका संक्रमितलाई आर्थिक सहयोग

काठमाडौ, असार ९ (हाकाहाकी)– डोटीमा कोरोना संक्रमित बढ्न थालेपछि बडी केदार गाउँपालिकाले आफ्नो ठाउँका संक्रमितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

गाउपालिकाले कोरोना संक्रमितलाई प्रत्येक १ हजार पाच सय र कोरोनाकै कारण मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेका हो ।

जिल्लामा कोरोना संक्रमितहरुलाई राहत रकम दिने निर्णय गर्ने बडीकेदार पहिलो गाउपालिका भएको गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशीले बताउनुभयो ।

बडीकेदार गाउँपालिकामा मात्रै हाल सम्म ७६१ जना नागरिक भारत लगायत देशका अन्य क्षेत्रबाट रोजगारी गरी घर आएका छन् ।

जसमध्ये अहिलेसम्म ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमितको अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार