काठमाडौ, असार ९ (हाकाहाकी)– साउदी अरबले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ । साउदी सरकारले आफ्नो देशका तीर्थ यात्रीले मात्र भाग लिन पाउने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्कामदिनामा बन्देज लगाइएको हो ।
साउदी सरकारले हजलाई प्रतिबन्धनलगाइने तर देशभित्रकाबाहेक अरुलाई अनुमतिनदिने जनाएको हो । सीमित संख्यालाई मात्रप्रवेश दिइने साउदी सरकारले जनाएको हो ।
साऊदी अरब सरकारको हज मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सीमित हाजीलाई मात्र अनुमति दिने जनाएको हो । अनुमति साऊदी अरबका नागरिकले मात्र पाउने उसले जनाएको छ ।
तर अनुमति पाउनेले पनि सुरक्षाका सबै उपाय अपनाउनुपर्ने जनाइएको छ । बकरीदको समयमाहुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ ।प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान मक्कामदिना पुग्ने गर्दछन् ।