काठमाडौ, असार ८ (हाकाहाकी)– दुबइले असार २३ गतेदेखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ ।
यहाँको पत्रिका खालिज टाइम्सले जनाए अनुसार यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।
त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ ।
दुबईले आज देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि जनाएको छ । त्यस्तै आफ्ना नागरिकलाई पनि भोलिदेखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ ।
त्यस्तै भोलि देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ ।