Thursday, October 31, 2024

सरकारले अप्ठेरो अवस्थाका १२ हजार नेपालीलाई मात्र उद्दार गर्ने

काठमाडौ, असार ८ (हाकाहाकी)– सरकारले विभिन्न देशमा अप्ठेरो अवस्थामा रहेका करिव १२ हजार नेपाली नागरिकलाई मात्रै उद्दार गर्ने भएको छ ।

विभिन्न मुलुकमा समस्यामा परेका करिब २५ देखि ३० हजार नेपाली नागरिकलाई उद्दार गर्ने भने पनि पहिलो चरणमा १२ हजारलाई मात्रै उद्दार गर्ने भएको हो । आइतबार उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जुन ३० अर्थात असार १६ गतेसम्म करिब १२ हजार नेपाली ८० वटा चार्टर उडानमाफर्त स्वदेश आइपुग्ने जानकारी दिनुभएको हो ।

हालसम्म करिब ४ हजार विदेशी नागरिक स्वदेश फिर्ता भइसकेको समेत जानकारी उहाँले दिनुभएको थियो । पर्यटन मन्त्रालयका सचिव अधिकारीले अगस्त महिनादेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी भइरेहको पनि बताउनु भयो । उहाँले जुलाईको अन्त्यदेखि अगस्त महिनाको पहिलो सातासम्म ७० देखि ८० राष्ट्रले अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तालिका सार्वजनिक गरेको अवस्थामा नेपालले पनि सोही अनुसारको तयारी गरिरहेको बताउँनु हुँदै पहिलो चरणमा संक्रमण कम भएका मुलुकबाट उडान सुचारु गर्ने गरी छलफल भइरहेको बताउनु भयो ।

अहिले ७९ मुलुकबाट ५८ हजार ९ सय ७८ जना आउने चाहे पनि कतिपय मुलुकले उडान गर्दा सामान्य परीक्षण पनि नगरेको तथा कतिपय मुलुकबाट सानो संख्यामा मात्रै आउने चाहेका कारण समस्या भएको परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले बताउँनु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार