Thursday, October 31, 2024

७६ वटा जिल्लामा कोरोना संक्रमण, रसुवा बाँकी

काठमाडौ, असार ८ (हाकाहाकी)– नेपालका ७६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । सोमबार बिहानसम्म संक्रमणबाट जोगिने एक मात्र जिल्ला रसुवा भएको छ ।

लामो समयसम्म मनाङ, मुस्ताङ र ओखलढुंगामा कोरोना संक्रमित भेटिएका थिएनन । आइतबार ओखलढुंगामा, शनिबार मनाङ र मुस्ताङमा पनि संक्रमित देखिएका हुन । अब वाग्मती प्रदेशको रसुवामा मात्रै संक्रमण देखिएको छैन ।

मनाङमा कपिलवस्तुबाट गएका कर्मचारीमा संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद बिन्दु शर्माले बताउनुभयो । मुस्ताङमा ८३ वर्षका वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो ओखलढुंगामा संक्रमण भेटिएपछि ७६ जिल्लामा संक्रमण भेटिएको पुष्टि भएको हो । ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षका युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताउनुभयो ।

तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा संक्रमण भेटिएको पुष्टि गर्न बाँकी छ । नेपालमा हिजो ४ सय २१ जना थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म २३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार