Thursday, October 31, 2024

क्वारेन्टिनमा नियम एकदम बेकारः बेलायती वैज्ञानिक

काठमाडौ, असार ८ (हाकाहाकी)– बेलायतका एक शीर्ष वैज्ञानिकले मुलुकमा क्वारेन्टिइनका लागि अपनाइएको नियमलाई ‘एकदम बेकार’ भएको बताउनुभएको छ ।

विश्वका सबै देशले कोरोना संक्रमण हुन नदिने एकमात्रै उपाय क्वारेन्टिइन बस्ने नियम भएको बताइरहेका बेला लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रो. पिटर पाएटले यसलाई बेकारको नियम भनेर टिप्पणी गर्नुभएको हो ।

पाएटले बेलायतले बाहिरबाट आउने व्यक्तिले १४ दिन क्वारेन्टिन बस्ने नियम तत्काल हटाउनु पर्ने बताएको बीबीसीले जनाएको छ ।

इबोला र एचआईभीमा कामका लागि विश्वव्यापी रूपमा चिनिने वैज्ञानिकले संक्रमणको सुरुका दिनमा क्वारेन्टिन बस्ने नियम राम्रो भएको तर जुनको अन्तिममा यो नियमको समीक्षा हुने बताएका थिए । उनीहरुले सामाजिक दूरीका लागि दुई मिटरको दूरी र सार्वजनिक स्थानमा मास्क लगाउनु राम्रो भएको बताएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार