काठमाडौ, असार ७ (हाकाहाकी)– कोरोनाभाइरसबाट अत्यन्त प्रभावित बेलायतमा प्रत्येक चार जनामध्ये एक जनालाई खाद्य संकट खतरा देखिएको अध्ययनले देखाएको छ ।
कोरोनाभाइरसबाट उत्पन्न समस्याहरुका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएको एएनआई समाचार संस्थाले जनाएको छ ।
खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ ।
अध्ययनको मुख्य निष्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । कोरोना संक्रमणका बेलामा २५ प्रतिशत बयस्कहरुले खानाका लागि संघर्ष गर्नु परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।