Thursday, October 31, 2024

लकडाउनमा बन्द गरिएका उपत्यकाका ट्राफिक लाइट सञ्चालनमा

काठमाडौ, असार ७ (हाकाहाकी)– सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौं उपत्यकाको ट्राफिक लाईट सञ्चालनमा आएको छ ।

नेपाल सरकारले गरेको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक लाईटहरूलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नयाँ बानेश्वर, पुरानो बानेश्वर, कालिमाटी चोक, नयाँ ठिमी चोक, सिंहदरबार, गौशाला लगायतका स्थानका ट्राफिक लाईट सञ्चालनमा आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिनुभएको हो ।

महाशाखाका अनुसार अरु स्थानहरूमा पनि ट्राफिक लाईट शुरू गर्न पहल भईरहेको छ । ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण ालाना गरिदिन पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध नि गरेको छ।

विधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक लाईट महानगरीय ट्राफिक री महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार