Thursday, October 31, 2024

विदेशमा अलपत्र परेका ८ सय ८९ नेपाली स्वदेश फर्किए

काठमाडौ, असार ७ (हाकाहाकी)– विदेशमा अलपत्र परेका ८ सय ८९ जना नेपाली आइतबार स्वदेश फर्किएका छन् ।

साउदी अरब, यूएई, बंगलादेश, कुवेतबाट आएका जहाजमा ८ सय ८९ जना सहित १३ जना बालबालिका नेपाल आएका हुन् । नेपाल एअरलाइन्सले साउदी अरबबाट आइतबार २ सय ४६ जना नेपाली र तीनजना बालबालिका काठमाडौं ल्याएको छ ।

नेपाल एअरलाइन्सकै अर्को जहाजमा यूएईको दोहाबाट १४६ जना यात्रु सहित ३ जना बालबालिका काठमाडौं आएका छन् ।

यस्तै, हिमालयन एअरलाइन्सले यूएईको राजधानी अवुधाबीबाट १ सय ५२ यात्रु र एकजना बच्चा काठमाडौं ल्याएको छ । त्यसैगरी, कुवेतबाट जजिरा इएरलाइन्सले १ सय ६१ जना यात्रु र ५ जना बालबालिका काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ । दुबईबाट फ्लाई दुबईको जहाजमा १ सय ८४ जना यात्रु सहित एकजना बच्चालाई उद्धार गरिएको छ ।

आगमन र प्रस्थान गरेर आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ उडान भएका छन् । त्यसैगरी, आइतबारै नेपाल एअरलाइन्सको जहाज बहराइन जान लागेको छ।
आजराति नौ बजे नेपाल एअरलाइन्सको जहाज बहराइनमा रहेका नेपाली लिनको लागि जान लागेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार