Thursday, October 31, 2024

बंगलादेश क्रिकेटका पूर्व कप्तानलाई कोरोना संक्रमण

काठमाडौ, असार ७ (हाकाहाकी)– बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान मासरफी मोर्टजालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

मोर्टजाका भाइ मोर्सालिन मोर्टजाले उहालाई कोरोना संक्रमण भएको बताउनुभयो । केहि दिन यता अस्वस्थ रहेका मोर्टजाको परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको बताईएको छ । सन् २०१९ को विश्वकपमा बंगलादेशको कप्तान रहेका मोर्टजाले ३७ टेष्ट खेल्नुभाको छ ।

३६ वर्षीय मोर्टजाले २ सय २० एकदिवसीय र ५४ टी(ट्वान्टी खेलेका छन् ।पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीपछि कोरोना देखिने उहाँ दोस्रो ठुला क्रिकेट स्टार हुनुहुन्छ ।

यस्तै बंगलादेशका पूर्व ओपनर नाफिज इकबाललाई समेत कोरोना पोजेटिभ देखिएको छ । बंगलादेशमा कोरोनाको कारण ३७ जनाको मृत्यु भएको छ भने १४ हजार बढी संक्रमित रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार