काठमाडौ, असार ७ (हाकाहाकी)– मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ ।
यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।
आज अपरान्हपछि प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरीएको छ ।