Friday, November 1, 2024

भारतका तामिलनाडु र चेन्नईमा फेरी लकडाउन

काठमाडौ, असार ५ (हाकाहाकी)– भारतको तामिलनाडु र चेन्नइमा कोरोना संक्रमितको संख्या बढेपछि राज्य सरकारले फे्री लकडाउन लगाएको छ ।

चेन्नइमा कोरोना संक्रमितको संख्या ३७ हजार पुगेपछि राज्य सरकारले १२ दिनका लागि लकडाउन लगाउँदै अत्यावश्यक सामान र औषधी पसल मात्र खोल्ने अनुमति दिएको छ ।
तामिलनाडुमा कोरोना संक्रमितको संख्या ५० हजार पुगिसकेको छ भने ६ सय जनाले ज्यान गुमाएका छन् । भारतले यसै महिना सबैतिर लगाएको लकडाउन खुल्ला गरेको थियो। अन्य राज्य र सहरमा लकडाउन छैन ।

भारतमा कोरोना संक्रमितको संख्या बढेर तीन लाख ८० हजार पुगिसकेको छ । बढी संक्रमित देशको सूचीमा भारत चौथौ नम्बरमा रहेको छ। स‌ंक्रमणबाट १२ हजार जनाको ज्यान गइसकेको छ

ताजा समाचार

सम्बन्धित समाचार