काठमाडौ, असार ५ (हाकाहाकी)– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईअोएम) डिन नियुक्तिमा विरोध जनाउनु भएको छ ।
त्रिविले वरिष्ठता मिचेर डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाउनुभएको हो ।
डा. केसीले वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन माग समेत गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले त्यसो नभएमा कडाभन्दा कडा आन्दोलन गर्न बाध्य रहेको बताउनुभयो ।