Tuesday, December 24, 2024

सांसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचार कोषमा

काठमाडौ, असार ५ (हाकाहाकी)– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने तयारी भएको छ ।
असार २ गते मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै योे रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो ।
यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष ०७६÷७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरू सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् । यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्ने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार