काठमाडौ, असार ५ (हाकाहाकी)– संसदको लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको वन फडानीको अध्ययन गर्न तीन सदस्यीय छानवीन समिति गठन गरेको छ ।
लेखा समितिले समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा नेकपाका सांसद प्रेम आले मगर र कांग्रेस सांसद मीना सुव्वा सदस्य रहेको समिति गठन गरेको हो ।
वैज्ञानिक वन व्यवस्थापनमा ८० वर्षको चक्र हुन्छ । यसमा पुराना रुखहरु काटेर नयाँ रुख रोप्ने गरिन्छ । तर वैज्ञानिक वन व्यवस्थापनको नाममा जंगल फडानी हुन थालपछि लेखा समितिले अध्ययनका लागि समिति गठन गरेको हो ।
अहिले वैज्ञानिक वन व्यवस्थापन ५८ जिल्लाका ७ सय ५० जना सामुदायीक वनको १ लाख ७७ हजार ३ सय ३१ हेक्टर क्षेत्रफलमा कार्यन्वयनमा आएको छ ।
अधिकांश ठाउँमा वन व्यवस्थापनको नाममा वन फाडानी भइरहेको छ। व्यवस्थापनको नाममा सबैभन्दा बढी कैलालीमा वन फडानी गरिएको छ। कैलालीमा काट्नुपर्नेभन्दा २९२ प्रतिशत बढी रुख काटिएको पाइएको छ।
सबैभन्दा बढी कैलालीका ९२, सिन्धुलीका ८९ र नवलपरासीका ४८ वटा सामुदायिक वनमा यो कार्यक्रम लागु गरिएको छ । वैज्ञानिक वन कार्यविधि २०७१ बाट लागु भएको हो ।