Tuesday, December 24, 2024

कोरोना र लकडाउनका बीचमा कृषकलाई रोपाईको चटारो

काठमाडौं, असार ४ (हाकाहाकी)– कोरोना जोखिमका बीच अहिले किसानलाई रोपाइँको चटारो परेको छ ।

हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने भक्तपुरमा भने यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ ।

यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गएको जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ ।

विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् ।

लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको सूर्यविनायकका किसानहरुको भनाइ छ ।

यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाइँ सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल बताउनुहुन्छ ।

चार हजार ६ सय ४८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।

उहाँका अनुसार कोरोनाको त्रासलाई छिचोल्दै किसानले रोपाइँ गरेका हुन् ।

यसैबीच, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रमा रोपाइँ सकिन लागेको बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार