Tuesday, December 24, 2024

बिहीबार मलेसिया, कुवेत र ओमानका नेपाली फर्किदै

काठमाडौं, असार ४ (हाकाहाकी)– बिहीबार मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्काउने तालिका रहेको थियो । त्यसैक्रममा आज मलेसियाबाट १ सय १७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु केहीबेरअघि काठमाण्डौ आइपुगेका हुन् ।

फर्कनेमा १२ जना महिला र १ सय ५ जना पुरुष गरी १ सय १७ जना रहेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस्तै, मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाईन्सका थप ५ उडान हुने बताइएको छ । यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यर्होनुपर्ने नियम छ ।

मलेसियाबाट फर्किनेहरुसँग कोरोना जाँचको नेगेटिभ आएको रिपोर्ट साथमा हुनुपर्नेछ । यसैबीच, आजै कुवेतबाट १ सय ५० जना स्वदेश फर्किएका छन् ।

कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि चारवडा उडानमार्फत ५ सय ९८ जना स्वदेश फर्किसकेका छन् । यस्तै ओमानबाट पनि आजै सलाम एअरमार्फत र ओमानबाट १ सय ४७ जना स्वदेश फर्किएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार