Wednesday, December 25, 2024

सीमासम्बन्धि संविधान संशोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

काठमाडौ, असार ४ (हाकाहाकी)– लिम्पियाधुरासम्मको भू–भाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो ।

विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाउनुभएको हो ।

राष्ट्रपति कार्यालय पुगेको केही घण्टा पनि बित्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गनुृभएको उहाँका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो।
भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ।

२०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैँले नक्सा जारी गर्दा भने छुटाएको थियो।

यस अघिसंविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिबाट पारित भएको हो । संसोधनको प्रस्तावको पक्षमा उपस्थित सबै ५७ जनाको मत परेको हो ।

विधेयक पारितका लागि ‘हुन्छ र हुन्न’ गरि दुई लवि छुट्याइएको थियो। निशान छापमा रहेको नेपालको नक्सामा पूर्ण नक्सा प्रतिस्थापन गर्नका लागि सरकारले संसोधन विधेयक सदनमा दर्ता गराएको थियो । यसअघि गएको शनिबार प्रतिनिधि सभाको बैठकले संसोधन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार