Wednesday, December 25, 2024

बुधबार विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाइयो

काठमाडौ, असार ३ (हाकाहाकी)– बुधबार विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाइएको छ । यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा, खाद्य र पोषणसँग जोडिएको छ ।

बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।

यो दिवसले खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ ।

खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न कुराहरु यो विशेष दिनले विश्व समाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । नेपालमा पछिल्लो समय मध्य पहाडमा खडेरीको मार बढेको छ । खडेरीकै कारण बसाई सर्नेहरुको समेत संख्या बढेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार