Thursday, December 26, 2024

कुवेतबाट १ सय ५० महिला घर फर्किए

काठमाडौ, असार ३ (हाकाहाकी)– कुवेतबाट १ सय ५० जना बुधबार स्वदेश आइपुगेका छन् ।

कुवेतमा आममाफीमा सहभागी १ सय ५० जना महिलालाई कुवेत सरकार आफैंले काठमाण्डौसम्म ल्याइदिएको हो । कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ ।

यसअघि तीन उडानमार्फत ४ सय ४८ जना कुवेतबाट नेपाल आइसकेको छन् । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको छ ।

कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । तर आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाण्डौमा पनि क्वारेण्टीनको व्यवस्था गरेको छ । यसअघि बंगलादेश, मलेसिया, म्यानमार, यूएई, जापान, अस्ट्रेलिया, अफगानिस्थानर ओमानबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार