Wednesday, December 25, 2024

संक्रमित बढन थालेपछि बेइजिङमा कोरोना विरुद्धको लडाई सशक्त बनाइदै

काठमाडौ, असार ३ (हाकाहाकी)– चीनको केन्द्रिय राजधानी बेइजिङ्मा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन थालिएको छ ।

पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको पीटीआई समाचार संस्थाले जनाएको छ ।

त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २ सय ५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।
बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १ सय ३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।

बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको समाचारमा उल्लेख छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ ।

आजदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङ सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार