Friday, October 18, 2024

दैनिक उपभोग्य सामग्री अनलाइनबाटै घरघर पु¥याउने तयारी

काठमाडौ, असार ३ (हाकाहाकी)– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क घरघरमा पु¥याइने भएको छ ।

कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको सङ्क्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो ।

यसअघि चक्रपथभित्र शुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि शुरु गरिएको उहाँले बताउनुभयो ।

इकमर्सको अर्डर लिने र घरमा पु¥याउनका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकमबीच व्यापार साझेदारी सम्झौता भएको उपमहाप्रबन्धक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अबका दिनमा भने आफ्नै कर्मचारीसँगै सस्तो डिलमार्फत सामान घर–घरमा पु¥याइने छ ।

साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा घरघरमा प¥याउन थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार