Friday, December 27, 2024

चीन र भारत सीमा विवादमा ३ भारतीय सैनिकको मृत्यु

काठमाडौ, असार २ (हाकाहाकी)– चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुदा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही भएको भारतीय संचारमाध्यामहरुले जनाएका छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको खबरमा उल्लेख छ ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुदै आएको मा एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको हो ।

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

यसैबीच भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गरेको आरोप चीनले लगाएको छ ।

भारतीय र चिनियाँ सेनाबीच गए राति भएको भिडन्तका विषयमा औपचारिक प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको जनाएको हो ।

भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गर्नु भएको समाचार सस्था सिन्हवाले जनाउको छ। छन् ।
चीनले आफ्नोतर्फ भएको क्षतिबारे भने केही उलेख गरेको छैन ।
चाीनले भारतीय सैनिकले दुई पक्षबीच भएको समझदारीको उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि हमला गर्दा भिडन्त भएके जनाएको छ ।
चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको भन्दै अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने पनि समाचारमा उल्लेख छ।

दुबै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको स्मरण पनि चीनको विदेश मन्त्रालयले गराएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार