Friday, December 27, 2024

शम्भु सदाको मृत्युको घटना छानविन गर्न समिति

काठमाडौ, असार २ (हाकाहाकी)– जिल्ला प्रशासन कार्यालय धनुषाले थुनुवा कक्षभित्रै भएको शम्भु सदाको मृत्युको छानबिन गर्न समिति बनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २८ गते २२ वर्षका शम्भु सदा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । प्रहरीले आत्महत्या भएको उक्त घटना पीडित परिवारले भने प्रहरीसमेतको मिलेमतोमा भएको हत्या दावी गरेको छ ।
पीडित परिवारले इलाका प्रहरी कार्यालयका इन्सपेक्टरविरुद्ध हत्या आरोपमा उजुरीसमेत दिएको छ ।

यो घटना छानबिनका लागि प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार