Friday, December 27, 2024

नेपालले अमेरिकी वित्तीय पारदर्शीता पुरा गरेको छः अमेरिकी विदेश मन्त्रालय

काठमाडौ, असार २ (हाकाहाकी)– अमेरिकी वित्तीय पारदर्शितासम्बन्धि मापदण्डको नेपालले पूरा गरेको छ । वर्षेनी अमेरिकाले गर्ने समीक्षामा नेपालसहित विश्वका ७६ देशले वित्तीय पारदर्शितासम्बन्धी मापदण्ड पूरा गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

मापदण्ड पूरा गर्न नसक्नेमा चीन, बंगलादेश, पाकिस्तान, इजिप्ट, साउदी अरबीया, भियतनामसहितका ६५ मुलुक रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

वित्तीय पारदर्शिता प्रतिवेदन २०२०, मा सरकारको वार्षिक बजेट सार्वजनिक रुपमा सबैलाई उपलब्ध छ , छैन, त्यो पूर्ण भए नभएको, भन्ने विश्वसनीयतालाई हेरेर तयार पारिएको मन्त्रालयले जनाएको छ ।

त्यसका आधारका रुपमा सरकारी ठेक्का र प्राकृतिक स्रोतसाधनको प्रयोगका लागि लाइसेन्स दिँदा अपनाइने प्रक्रियाको पारदर्शिता रहेको जनाइएको छ ।

अमेरिकी दूतावास, महावाणिज्य दूतावास, अन्य अमेरिकी सरकारका निकायहरु, अन्तर्राष्ट्रिय संस्थाहरु, नागरिक संस्थालगायतबाट लिइएको जानकारीका आधारमा मूल्यांकन गरिने अमेरिकाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार