Tuesday, December 24, 2024

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न कांग्रेसद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौ, असार २ (हाकाहाकी)– नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कार्वाही गर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा अनियमितता गरेको पाइए दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने बताउनु भयो ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका कांग्रेस सांसदहरू बालकृष्ण खाँण, भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायतले पीसीआर टेष्टको दायरा बढाउनन, क्वारेन्टिन व्यवस्थित गर्न, अस्पतालको व्यवस्थापन मिलाउन, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको अनियमितता छानबिन गर्न माग गर्नु भयो ।

सरकारको ध्यान अहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न नसकिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘बिल भरपाइको छानबिन गर्दा तलमाथि देखिए कसैलाई उन्मुक्ती नदिने बताउनु भयो ।

लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको ले प्रधानमन्त्री ओलीले सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा जोड दिनु भयो ।

भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार्दै उनले सुधार्ने बताउनु भयो ।

पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेकामा कांग्रेसले पटक पटक सरकारलाई झक्झकाइरहेको छ ।
कांग्रेस केन्द्रीय समितिको हालै सम्पन्न बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै स्वदेश तथा विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको हो ।

कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भएको सरकारले बताएपछि कांग्रेसले उक्त खर्च पारदर्शी गर्न माग गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार