Friday, November 1, 2024

स्थानिय स्तरमा औद्योगिक ग्राम स्थापना हुने

काठमाडौ, जेठ ३२ (हाकाहाकी)– रोजगारी अभिवृद्धिका लागि सरकारले स्थानीय स्तरमा नै औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।

स्थानीय स्तरमा रहेको श्रम, सीप तथा क्षमताको अभिवृद्धि गर्ने, औद्योगिक क्षमताको विकास गर्ने र विदेशबाट फर्किएका नागरिकलाई गाउँमै रोजगारी सिर्जना गर्ने गरी सरकारले सो कार्यक्रम ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आउने आर्थिक वर्षमा कूल १ सय ३० औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्यका साथ बजेटको समेत प्रबन्ध गरेको छ । चालू आवमा नै कूल ४५ औद्योगिक ग्राम घोषणा भई कार्यान्वयनमा आउने तयारीमा रहेको छ ।

कोरोनाका कारण केही स्थानीय तहमा औद्योगिक ग्राम स्थापनामा व्यवधान पैदा भए पनि धेरैजसोमा भने त्यस्ता ग्राम घोषणा भई कार्यान्वयनमा आइसकेका छन् ।

प्रत्येक स्थानीय तहलाई औद्योगिक ग्राम स्थापनाका लागि ९२ लाख बजेट विनियोजन गरिएको छ । त्यस आधारमा कूल एक अर्ब १९ करोड ६० लाख बराबरको बजेट उपलब्ध हुनेछ ।
स्थानीय तहको औद्योगिक विकास एवम् प्रवद्र्धनका लागि सरकारले ल्याएको ठूलो महत्वपूर्ण कार्यक्रमका रुपमा यसलाई लिइएको छ । गरिबी निवारण गर्ने लक्ष्यका साथ लघुउद्यम विकास कार्यक्रम ७७ वटै जिल्लामा सबै स्थानीय निकायबाट सञ्चालन गरिने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार