Friday, November 1, 2024

रुकुम पश्चिम घटना छानविनका लागि गठित गृह समितिको म्याद थप

काठमाडौ, जेठ ३२ (हाकाहाकी)– पश्चिम रुकुममा युवती लिन गएका युवकहरुको हत्या भएको प्रकरणमा छानविनका लागि गठित समितिको म्याद थप भएको छ ।

गृह मन्त्रायलले एक साताका लागि सह–सचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानविन समितिलाई म्याद थप गरेको हो ।

गृह स्रोतका अनुसार सह–सचिव बस्नेत नेतृत्वको समितिले स्थलगत अध्ययन, छानविन र विश्लेषण सकिसकेको छ । थप भएको समयमा प्रतिवेदन लेखनको कार्य हुनेछ ।

यसअघि घटनाको अनुसन्धानको माग गर्दै व्यापक दबाब सिर्जना भएपछि १३ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभएको थियो ।

समितिमा एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका एक जना उपसचिव थिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।

त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो । त्यसक्रममा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायतको शव फेला परेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार