काठमाडौ, जेठ ३२ (हाकाहाकी)– सरकारले हवाइ उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्ले जुलाई ५ अर्थात् असार २१ सम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिनुभएको छ । यसअघि असार १६ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।
सरकारले गएको वर्ष चैत ११ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरेको थियो । नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा कार्गो जहाजले भने विशेष अनुमति लिएर उडान गर्न पाउनेछन् ।