Friday, November 1, 2024

निजी प्रयोगशालालाई कोरोना परीक्षण अनुमति

काठमाडौ, जेठ ३२ (हाकाहाकी)– सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

आउने दिनमा आवश्यक प्रक्रिया पुरा गरी प्राइभेट ल्याबलाई पनि स्वाब नमूना जाँच्न दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

निजी ल्याबमा पिसिआर परीक्षण गर्दा लाग्‍ने खर्च पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गर्ने जानकारी प्रवक्ता डा. गौतमले दिनुभएको छ ।

यसैगरी विदेश जानुपर्नेका लागि भिसा तथा निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको जानकारी प्रवक्ता डा. गौतमले दिनुभएको छ ।

काठमाडौंसहित देशका विभिन्‍न भागमा पिसिआर परीक्षणको दायरा बढाउन मागसहित आन्दोलन भइरहेको बेला यस्तो निर्णय आएको हो।

ताजा समाचार

सम्बन्धित समाचार