Friday, November 1, 2024

भारतका खुलेका मस्जिदहरु फेरी बन्द

काठमाडौ, जेठ ३० (हाकाहाकी)– लामो समयको लकडाउन पछि भारतमा खुलेका मस्जिदहरुआउँने जुन ३१ तारिख सम्मका लागि फेरी बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांंकअनुसार भारतमा हरेक २५ मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ भने गएको २४ घण्टामा ४ सयको मृत्यु र संक्रमितको संख्या १८ हजार पुगेको छ ।

नयाँ दिल्लीमा मात्रै गएको २४ घण्टामा ६५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या १ हजार नाघेको छ ।
यो तथ्यांकसँगै विश्वमा कोरोना प्रभावित देशहरु मध्ये भारत चौथो स्थानमा पुगेको छ । विश्वका सबैभन्दा प्रभावित मुलुकमध्ये अमेरिका पहिलो नम्बरमा छ भने ब्राजिल, रुस र त्यसपछि भारत रहेको छ ।

यसैबीच सरकारले भारतका दर्जन भन्दा शहरहरु शील गरको छ । भारतमा कोरोना परीक्षणको दायरा भने उच्च बिन्दुमा पुगेको छ । भारतका अधिकांश अस्पालतहरु कोरोना संक्रमितका गम्भीर बिरामीहरुले भरिएका छन् ।

यसैबीच दिल्लीमा मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर गएको भन्दै सबैलाई सचेत रहन अपील गर्नुभएको छ। उहाँले विभिन्न शहरहरुमा मानिसको भीडभाड बढेकाले भारत न्युयोर्कको स्थितिमा पुग्ने भन्दैे सबैलाई सचेत रहन अपील गर्नुभएको छ।

भारतमा अहिले लकडाउनको स्वरुप परिपर्तन गरी अनलक १ लागू गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार