Thursday, April 24, 2025

जैविक विविधता संरक्षणमा सामूदायिक वन

काठमाडौँ– मुलुकको विकाससंगै दिगो विकास लक्ष्य प्राप्तीका लागि नेपालका सामूदायिक वनको भूमिका महत्वपूर्ण रहेको पाइएको छ । नेपालमा सामूदायिक वन स्थापनको ४ दशक वितिसक्दा मुलुकमा सामुदायिक वनले महत्वपूर्ण टेवा पु¥याएको पाइएको छ ।

२२ हजार दुई सय ६६ सामूदायिक वन उपभोक्ता समूहले मुलुकभरका २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेको छ । मुलुकमा रहेको वन कूल वन क्षेत्रको ३७ प्रतिशत सामूदायिक वन रहेको छ । सामूदायिक वनमा आवद्ध घरधुरी २९ लाख ७ हजार ८ सय ७१ रहेको सामूदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले जनकारी दिइन् । ‘नेपालको परिमाणत्मक लक्ष्य प्राप्तीका लागि सन २०३० सम्ममा कूल वन क्षेत्रको ४२ प्रतिशत वन क्षेत्र सामूदायिक वनको रुपमा हस्तान्तरण गर्ने लक्ष्य सरकारले लिएको छ,’ अध्यक्ष पाठकले भनिन, ‘सरकारले जथाभावि तराईका जिल्लाहरुमा वन हस्तान्तरण गरिरहेकोमा पछिल्लो वर्ष भने रोकिएको छ ।’

नेपालमा पहिलो सामुदायिक वन सिन्धुपाल्चोकको ठोकर्पा सामूदायिक वन विक्रम सम्बत २०३० मा पञ्चायती वनको रुपमा समुदायलाई वन हस्तान्तरण भएको थियो । २०४६ सालपूर्व पञ्चाचयती वनको रुपमा सामूदायिक वन हस्तान्तरण भएका जिल्लाहरुमा २०४० सालमा दाङमा, २०४२ सालमा अछाममा र २०४३ सालमा काभ्रेमा पञ्चायती वनको रुपमा समुदायलाई वन हस्तान्तरण भएको थियो । ‘सामूदायिक वन उपभोक्ता समूहको नाममा प्रमाणपत्र पाउने पहिलो सामूदायिक वन भने काभ्रेको पाण्डे सामूदायिक वन उपभोक्ता समूह रहेको छ,’ अध्यक्ष पाठकले भनिन्, ‘उक्त वनले विक्रम सम्बत २०४५ असार ३ गते सामूदायिक वनको रुपमा प्रमाणपत्र पाएको थियो ।

सामूदायिक वनलाई पहिलो प्राथमिकतामा राखेर पाहिलो वन नीति बनेको थियो । २०४६ सालमा बनेको वन विकास गुरुयोजनाले सामूदायिक वनलाई प्राथमिकतामा राखेको थियो । पहिलो पटक ऐनमा कानूनी रुपमले साूदायिक वनको परिभाषा भने वन ऐन २०१८ लाई संशोधन गरी २०४८ सालमा समावेश गरिएको थियो । वन ऐनमा सामूदायिक वनसम्बन्धि विशेष व्यवस्था गर्ने पहिला कानूनको रुपमा वन ऐन २०४९ आएको थियो । ‘वनको दिगो व्यवस्थापन गरी आर्थिक सामाजिक र साँस्कृतिक विकास गर्दे गरिवी न्यूनीकरण र समृद्धि हासिल गर्ने सामूदायिक वनको विशेषता हो,’ अध्यक्ष पाठकले भनिन्, ‘प्रतिनिधित्व र निर्णय प्रक्रियामा लैंगिक समानता, सामाजिक समावेशीकरण, सुशासन र स्थानीय लोकतन्त्रको सुदृढीकरण गर्ने रहेको छ । यस्तै वन उद्यम विका, आय आर्जन र रोजगारी सिर्जना गर्ने काममा सामूदायिक वनले ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।’

वन, वातावरण, जैविक विविधता, सिमसार, जलाधार, वन्यजन्तु एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा सामूदायिक वनले ठूलो भूमिका खेलेको छ । जलवायु परिवर्नत अनुकुलन तथा न्यूनीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा सामुदायिक वनहरुले ठूलो योगदान पु¥याइरहेका छन् । दिगो विकास लक्ष्य प्राप्तीका लागि सामूदायिक वनको योगदानमा गरिबीको अन्त्य, भोकमरीको अन्त्य, सूस्वास्थ्य तथा समृद्ध जीवन, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पिउने पानी तथा सरसफाई, किफायती र स्वच्छ उर्जाको क्षेत्रमा सामूदायिक वनले मूहत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्तै दीगो लक्ष्य प्राप्तीको लागि मर्यादित काम र आर्थिक वृद्धि, उद्योग प्रवद्र्धन र पूर्वाधार, असमानता न्यूनीकरण, सहरहरु र समुदायहरुको दीगोपना, उपभोग र उत्पादनमा जिम्मेवारीपना ल्याउन सामूदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यसैगरी दिगो विकास लक्ष्य प्राप्तीका लागि जलवायुमा पहल, भूसहतको जीवन अर्थात जमीनमाथिको जीवन रक्षाका लागि सामूदायिक वनले महत्वपुर्ण भूमिका खेल्दै आएको छ । शान्ति, न्याय र सुदृढ संस्थाहरुको विकासमा सामूदायिक वनहरुले ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । दिगो विकाससम्बन्धि संघ, प्रदेश र स्थानीय तहमा रहेका संस्थागत संरचनाहरुमा स्थानीय समूदायको तर्फबाट सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सामुदायिक वन उपभोक्त महासंघ, नेपालको पनि प्रतिनिधित्व र सहभागिता प्रवद्र्धन गर्ने काम गरेको छ । दिगो विकासका परिमाणत्मक लक्ष्यहरुमध्ये सामुदायिक वनसंग सम्बन्धित रहेका सामूदायिक वनका माध्यमबाट योगदान मिल्न सक्ने परिमाणत्मक लक्ष्यहरुलाई सामुदायिक वन उपभोक्ता समूहरुमार्फत स्थानीयकरण गर्ने ।

सामूदायिक वन उपभोक्त समूहले दिगो विकास लक्ष्य प्राप्तिका लागि गर्दे आएका योगदानहरु भूमिकाहरुको मान्यता र गणनाका लागि दिगो विकास लक्ष्यको प्रगती मापनसम्बन्धि राष्ट्रिय सूचकहरुमा सामूदायिक वनको योगदानलाई एकाकारण गरी उपभोक्ता समूहको योगदान गणना गर्ने प्रणालीको विकास गर्ने । सामूदायिक वन उपभोक्त समूहले दिगो विकास लक्ष्य प्राप्तीको लागि योगदान हुनेगरी विभिन्न कार्यहरु गर्दा आइपरेका नीतिगत कठिनाईहरु, जस्तै वन उद्यम, पर्यापर्यछन, सामूदायिक वनमा कर, विपन्न वर्गाका लागि सामूदायिक वन क्षेत्रमा पहुँच प्रदान लगायतका विषयलाई समयमा नै सम्बोधन गर्नुपर्दछ । सामूदायिक वनका माध्यमबाट दिगो विकास लक्ष्य प्राप्तिका लागि गर्दै आएका योगदानहरुको राष्ट्रिय तहमा तथ्यांक व्यवस्थापनका लागि सामूदायिक वन उपभोक्ता महासंघ, नेपाललाई सरकारबाट उपयुक्त सहयोग उपलब्ध गराउने ।

ताजा समाचार

सम्बन्धित समाचार