ललितपुर– गोदावरी नगरपालिका वडा नम्बर ११ रहेको हितिगाँ ढुङ्गेधारा लिच्छिवीकालिन भएको हुनसक्ने केही प्रमाण भेटिएका छन्।
हितिगाँ ढुङ्गेधारा रहेको स्थानबाट केही मिटर पूर्वतर्फ सडकका किनारामा केही तथ्यहरू फेलापारिएको हितिगाँ सँचापुचका सदस्य अनिल श्रेष्ठले जानकारी थिए। उनले लिच्छिवीकालिन ढुङ्गेधाराको मुहानबाट आउने पानीको डुँड फेला परेको जानकारी दिए। ‘यसको स्थापनाका विषयलाई लिएर बुढापाका पनि बेखबर छन्,’ उनले भने।
‘चापागाउँको सडक खन्ने क्रममा दायाँवायाँ ५ फिट खाल्डो खनेर हेर्दा विशेष प्रकारको काठको डुँड फेला पर्यो, जुनपानीले नखाने, नविगार्ने किसीमको पाइयो,’ उनले बताए । डुँडमा पानी बाहिर नजाओस् भन्नका लागि माटो पनि हालीएको पाइएको छ।
ढुङ्गेधाराका विषयमा करिब १६ वर्षदेखी अध्ययन गर्दै आएकायुएन ह्याविट्याटका कन्ट्र म्यानेजर पदम सुन्दर जोशी चापागाउँ भन्सार टोल नजिकैको ढुङ्गेधारा लिच्छवी कालकै भएको दाबी गर्छन्। ‘मैले ढुङ्गेधाराको मुहानसम्मखोजी गर्ने क्रममा २ ठाउमा खनिएको स्थानमा काठको डुँडबाट पानीगइरहेको भेटियो,’ उनले भने, ‘यो पानीले नबिगार्ने खालको काठबाट बनेको हुँदा लिच्छवीकालिन हुनुपर्छ।’
लिच्छवीकालमा काठको र मल्लकालमा कोराकोटा अर्थात माटोको पानीजाने पानीको जाने च्यानलहुने गरेको तथ्य छ। उनका अनुसार यो ढुङ्गेधाराकम्तिमा १ हजार वर्षभन्दा बढि पुरानो हो। यसको मुहानभन्सार टोलमा रहेको पोखरी रहेपनि पछिल्लो समयको भौतिक निर्माणले यसको पानीको स्रोतबाट ढुङ्गेधारासम्म पानी जान धेरै कम भएको छ।
चापागाउँको पुरानो संस्कृति र मान्यता तथा सम्पदाहरुबारे ज्ञान राख्ने राजाराम श्रेष्ठ पनि ढुङ्गेधारामाकुदिएको चित्रकला, जमिनमुनि काठको माध्यमबाट पानीपास हुने देख्दै लिच्छवीकालिन अवसेस भएको हितिगाँ ढुङ्गेधारा रहेको बताउँछन्। पहिले पहिले त यहाँको पानी त्यसै खेर जाने हुँदाभित्रभित्रैबाट अरु खेतकालागी राजकूलो मुनिबाट पानी पठाउने गरिएको वडा अध्यक्षनिलकाजी देशार बताउँछन्।
‘यो धाराले पुरानो इतिहास बोकेकाल् यो अमूल्य सम्पत्ति हो’, उनले भने, ‘हामीले यसको संरक्षण गर्नुपर्छ।’ उनले १५/२० वर्ष अघिसम्म पानीआएको देखेको बताउँछन्। आशामायादेशार पनि २०४० सालमाविवाह गरेर यहाँ आउँदा ढुङ्गेधाराकै पानीलिनआउने गरेको अनुभव सुनाउछिन्।
सहयोगी संस्थालुमन्तीआवासको लागि सहयोग समूहले पुराना सांस्कृतिक वस्तीहरुमा काम गरिरहेको छ। लुमन्तीकीशहरी योजनाविद् सृष्टिना श्रेष्ठले हितिगाँ पुर्ननिर्माणको लागीहामीलागेका हौँ। पुरानाशहरको अस्तित्व जोगाउन यस्ता सम्पदापनि जर्गेना गर्नुपर्छ। उनका अनुसार हाल २४ लाख बजेट यसको संरक्षण र पुर्ननिर्माणका लागी छुट्याइएको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले सम्पदा वस्तिमा काम गरिरहेको लुमन्तिलाई आफूहरुको विशेष आग्रहमा हितीगाँ ढुङ्गेधारा पुर्ननिर्माण र यसको स्रोत संरक्षणको कामका लागी ल्याएको बताए।
‘भन्सार टोलमा रहेको सानो पोखरीको मुख्य स्रोतबाट आउने गरेको पानी पछिल्लो समय पोखरी नै पुरीँदा ढुङ्गे धारामापानी आउन छाडेको रहेछ,’ उनले भने, ‘मुहानबाट ६०/७० मिटर पर पश्चिमतर्फ खनेर काठको डुँड निकालेको ठाउँमा स्रोतबाट पाइप त्यस काठमा छिराएर पानीआउने नआउने परिक्षण गरिने छ।’ यो सम्पदाले चापागाउँ लिच्छवीकालिन वस्ती रहेको पुष्टि गर्ने आधार भेटिएको मेयर मर्हजन दावी गर्छन्। साभार राजधानी दैनिक