Sunday, September 8, 2024

अष्ट्रेलियाको सिड्नी धुँवामयः के बढ्दो आगलागीको कारण जलवायु परिवर्तन हो ?

काठमाडौँ– अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी यतिबेला धुँवामय भएको छ। विभिन्न स्थानमा केही हप्ता यताको आगलागी र डढेलोका कारण पुरै शहर धुँवामय भएको हो।

विशेषत सिड्नीमा तिव्र वेगमा चलेको हावाले उत्तरी भेगबाट धुँवा ल्याएको सरकारी अधिकारीहरूले जनाएका छन्। जसले गर्दा सिड्नी आसपासको वायुको गुणस्तरमा गिरावट आएको त्यहाँका सरकारी अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। विहान उठ्दा स्थानीयले बाक्लो धुँवाको सामना गरेका थिए। उत्तर दक्षिण शहर वालेसमा झण्डै पचास लाख भन्दा बढी मानिसहरू बसोबास गर्ने गर्दछन्, जुन शहरले केही हप्ता यता आगलागीको समस्या भोगिरहेको छ। आगलागीमा परेर अक्टोबर महिना यता ६ जनाभन्दा बढीको मृत्यु भईसकेको छ।

त्यहाँ सरकारी अधिकारीहरूले स्थानियलाई सकेसम्म घरभित्र नै बस्नको लागि आग्रह गरिरहेका छन्। त्यसैगरी श्वाप्रश्वासको समस्या हुनेहरूले थप सर्तकता अपनाउन पनि सुझाव दिइएको छ। धुँवा अझै केही दिन यथावत रह्ने अनुमान सरकारी अधिकारीले गरेका छन्। गत हप्ता सिड्नी आसपासमा नै ढडेलाको खत्तरा समेत देखिएको थियो र त्यहाँका अधिकारीले केही मानिसलाई समुन्द्रको किनारमा जान समेत आग्रह गरेका थिए तर केही घन्टामा नै आगो नियन्त्रणमा आएको थियो।

विशेषगरी सिड्नीको उत्तरी भेगका दर्जनौं ठाउँहरूमा डढेलो फैलिएको छ जसले केही हप्ता यताको वायुलाई नै प्रदूषित बनाइदिएको छ। डढेलो अझै नियन्त्रणमा आईसकेको छैन। पछिल्लो समयमा अन्य विभिन्न देशमा समेत ठूला आगलागी र डढेलोका घट्नाहरुमा तिव्र रुपमा बृद्धि भईरहेको छ। अष्ट्रेलिया बाहेक ब्राजिल, क्यालिर्फोनिया र इन्डोनेसियामा देखिएको ठूलो आगलागी यसका केही उदाहरणहरू हुन्। यि ठूला आगलागीलाई नियन्त्रण गर्ने कार्य निकै चुनौतीपूर्ण बन्दै गईरहेको छ।

अष्ट्रेलियाका झाडीहरूमा आगलागी एउटा नियमित प्रक्रिया हो तर केही वर्षयता पहिलेको भन्दा ठूला र फरक ढंगका आगलागी भईरहेका छन्। यसले एउटा गम्भीर प्रश्न उठाएको छ–आगलागीको विषय कति जलवायु परिवर्तनसँग सम्बन्धीत छ ? जलवायु परिवर्तन सम्बन्धी विज्ञान आफैमा धेरै जटिल छ किनकी के कुरा जलवायु परिवर्तनको असरका कारण हो र के होइन भन्ने यकिन रुपमा भन्न सकिदैन्।

तर, वैज्ञानिकहरूले तातो र सुख्खा जंगलमा आगलागीको सम्भावना बढी हुने औल्याएका छन्। अष्ट्रेलियाको साउथ वेल्स विश्व विद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार सुख्खा बन्दै गएको जंगल र तिव्र जोडले चल्ने हावका कारण आगलागीको मात्रा बढ्दै गएको देखाएको थियो। अध्ययनले आगलागीको घट्ना भविश्यमा झन् बढ्न सक्ने उल्लेख गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार