Wednesday, April 23, 2025

जलवायु परिवर्तनका कारण बढ्दै छन् प्राकृतिक विपद्

काठमाडौँ– पछिल्लो समय विश्वभर बाढी, पहिरो, उच्च हिमपात, आगलागी लगायतका घटनामा बृद्धि भइरहेको छ।

चाहे त्यो दक्षिण यार्कसायरको बाढी होस् वा अष्ट्रेलियाको वनमा लागेको डढेलो, यी घटनाहरू कुनै न कुनै रूपमा जलवायु परिवर्तनसँग जोडिएका छन्। पहिलेका भन्दा ठूला र अनौठा घट्नाहरू घटनुको कारण पनि जलवायु परिवर्तनसँग जोडिएको छ।

वैज्ञानिकहरूको तर्क पनि त्यही रहदै आएको छ। उनीहरूले समुद्रको सतह बढ्नु, जमिनको तापमानमा वृद्धि हुनु, वनमा डढेलो लागिरहनु जस्ता घटनाले भविष्यमा ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन्।

बेलायतका वैज्ञानिकहरूले सुख्खा मौसममा पनि १० देखि २० प्रतिशत वर्षाको अनुमान गरेका छन्। तटीय क्षेत्रहरूमा सामुद्रिक सतहको वृद्धिका कारण बाढीको सम्भावना बढ्दै गइरहेको छ। बाढीेले कृषि प्रणालीसँगै मानव बस्तीलाई पनि नराम्रोसँग असर गरिरहेको छ।

पछिल्लो समय भेनिसका ८० प्रतिशत सहर बाढीको चपेटामा परेका थिए। युनेस्को विश्व सम्पदामा परेका ती सहरहरूको पुरातात्विक सम्पदामा क्षति भएको थियो। उक्त क्षेत्रका मेयरले बाढीलाई जलवायु परिर्वतनको कारण भनेका थिए। आलोचकहरूले पानी रक्षा प्रणालीको स्थापनाको सम्बन्धमा ढिलाइ र भ्रष्टाचारलाई प्रमुख कारणका रूपामा औँल्याएका थिए।

स्वास्थ्य र जलवायु परिवर्तनको बारेमा पछिल्लो रिपोर्टका अनुसार २००० पछि आगलागीमा मानवीय जोखिम दोब्बर हुँदै गएको छ। वन डढेलोले मानवीय क्षति मात्र नभइ महत्वपूर्ण आर्थिक र सामाजिक संरचनामा पनि ठूलो प्रभाव पारेको अध्ययनहरूले देखाएका छन्।

अष्ट्रेलियामा यस वर्ष पहिले देखिएका भन्दा धेरै ठूला घटनाहरू भएका छन्। त्यहाँ अहिलेसम्मकै ठूलो आगलागी भएको थियो। भारतको केरलामा ५० वर्ष यताकै ठूलो बाढी आएको थियो।

जबकि मौसम परिवर्तनले प्रत्यक्ष रूपमा यस्ता आगोका घटनाहरू गराउँदैन तर आगलागीको प्रमुख कारक मौसम परिर्वतन हो। धेरै जसो खडेरी मौसम परिवर्तनका कारण भएको पाइएको छ।

तेज हावा जलवायु प्रणालीमा ऊर्जासँग सम्बन्धित छ, जसले आगोको जोखिमलाई थप तीव्र र गतिशील बनाउने गरेको वैज्ञानिकहरूको तार्क छ। बाढी र आगलागीका घटनाहरू धेरै जस्तो मौसम र जलवायु परिवर्तनको कारण भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन्।

हाम्रो मौसम मोडेलका बारेमा जसले भविष्यको प्रोजेक्ट गर्छन् औसतमा हेर्दा ती उत्तम छन्। ती राम्रा हुनका लागि डिजाइन गरिएका छैनन्। त्यसैले तुलनात्मक रूपमा हामीले भविष्यवाणी गर्न पाइरहेका छैनौँ। जलवायु परिवर्तनसँग सम्बन्धित धेरैजसो काम कार्बनको मात्रा कम गर्नेमा केन्द्रित छन्।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमको समाचारको आधारमा एलिसा अर्यालले तयार पारेको रिपोर्ट

ताजा समाचार

सम्बन्धित समाचार