Saturday, April 26, 2025

प्रदूषण बढ्नुका दुई कारणः भारतको असर र चिसो हावाको चाप

काठमाडौँ– पछिल्लो पटक काठमाडौँ लगायत विभिन्न शहरमा प्रदूषण बढ्नुमा मुख्यतः दुई कारणहरू जिम्मेवार रहेको सरकारी अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार पहिलो कारण हो, भारतका विभिन्न शहरमा देखिएको उच्च प्रदूषणको असर। नयाँ दिल्ली र नेपालसँग सिमाना जोडिएका विहार र उत्तर प्रदेशको प्रदूषणको असर नेपालको प्रमुख शहरहरू नेपालगञ्ज, लुम्बिनी र सौराह परेको छ भने त्यसको केही असर काठमाडौँसम्म परेको छ।

प्रदूषण बढ्नुको दोस्रो कारण हो ‘इन्भर्जन इफेक्ट’। विज्ञ भन्छन, ‘जाडो मौसममा तापक्रम विपरित अवस्था हुन्छ। जमिनको नजिक रहेको चिसो हावालाई तातो हावाले ट्रयाप गरेर राख्छ।’ यो प्रक्रिया चलिरहदा हावा स्थिर रहन्छ र प्रदूषण जमिनमा नै फस्छ। तुवाँलोको मुख्य कारण इन्भर्जन इफेक्ट हो।

हाकाहाकीसँग कुरा गर्दै वातावरण विभागका वातावरण निरिक्षक गोविन्द लामिछानेले विगतमा पनि ट्रान्स सीमाका कारण प्रदूषण बढ्ने गरेको भन्दै नेपालको प्रदूषणको स्तर भारतको जस्तो इमरजेन्सी नै घोषणा गर्नुपर्ने अवस्थामा नआउने उनी बताउँछन्।

तराईको जिल्लामा प्रदूषण बढ्नुको मुख्य कारण दिल्लीको उच्च प्रदूषण रहेको भएतापनि काठमाडौँको प्रदूषणको कारण आन्तरिक स्रोत नै रहेको उनी बताउँछन्। ईट्टा भट्टाको धुँवा, फोहोर र कृषिजन्य बस्तुमा आगो लगाउने जस्ता कार्य आन्तिरिक श्रोत रहेको उनले बताए। उनले भने, ‘प्रदूषणको मुख्यकारण सिमापार नै हो र अर्को भनेको मौसम हो।’

पछिल्लो समय हवाको गुणस्तर एयर कवालिटी इन्डेक्समा नेपालगञ्चको हावाको कवालिटी १७१ मिलिग्राम प्रतिघनमिटर, सिमराको १०१ मिलिग्राम प्रतिघनमिटर, सौरहाको १४२ मिलिग्राम प्रतिघनमिटर, लुम्बिनीको १८५ मिलिग्राम प्रतिघनमिटर, धनकुटाको ५७ मिलिग्राम प्रतिघनमिटर, दाङको ८० मिलिग्राम प्रतिघनमिटर, पोखराको ५२ मिलिग्राम प्रतिघनमिटर, शंखपार्कको ३१ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको १०७ मिलिग्राम प्रतिघनमिटर, पुल्चोकको ४६ मिलिग्राम प्रतिघनमिटर, भैसिपाटीको १८ मिलिग्राम प्रतिघनमिटर, झुम्काको १७ मिलिग्राम प्रतिघनमिटर र भक्तपुरको हावाको कवालिटी ९ मिलिग्राम प्रतिघनमिटर रहेको छ।

नेपालको वायु प्रदूषण मापन उपकरणहरूले पीएम १० को मात्रा सौराहाको ७२.३ मिलिग्राम प्रतिघनमिटर, नेपालगञ्चको १२७.७ मिलिग्राम प्रतिघनमिटर, दाङको ३४ मिलिग्राम प्रतिघनमिटर, भौसिपाटीको ७.३ मिलिग्राम प्रतिघनमिटर, सिमराको ३४.४ मिलिग्राम प्रतिघनमिटर, पुल्चोकको ३२.६ मिलिग्राम प्रतिघनमिटर, शंखपार्कको १४.४ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको ४३ मिलिग्राम प्रतिघनमिटर, भक्तपुरको ४ मिलिग्राम प्रतिघनमिटर रहेको छ।

त्यसैगरी पीएम २.५ सौराहको ४४.१ मिलिग्राम प्रतिघनमिटर, दाङको २४ मिलिग्राम प्रतिघनमिटर, नेपालगञ्चको १०१.४ मिलिग्राम प्रतिघनमिटर, पोखराको १०.६ मिलिग्राम प्रतिघनमिटर, सिमराको ३३.५ मिलिग्राम प्रतिघनमिटर, भैसिपाटीको ५.२ मिलिग्राम प्रतिघनमिटर, पुल्चोकको १३.७ मिलिग्राम प्रतिघनमिटर, शंखपार्कको १३.४ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको १९.५ मिलिग्राम प्रतिघनमिटर, भक्तपुरको ३.६ मिलिग्राम प्रतिघनमिटर रहेको छ।

नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने रौँभन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ। वायु प्रदूषण मापन गर्न लुम्बिनी, सुर्खेत र धुलिखेलमा राखिएको मेशिन बिग्रिएको अवस्थामा छन्।

यो पनि पढ्नुहोसः

दिल्ली प्रदूषणको असर काठमाडौँसम्मः धुलोका कणहरू बढे, भिजिबिलिटी कम भयो

प्रदूषण घटेको छैन, घट्दैन, समयमै गम्भीर नबने झन् बढ्छ

दिल्लीको प्रदूषणबाट काठमाडौँले के पाठ सिक्न सक्छ ?

ताजा समाचार

सम्बन्धित समाचार