कैलाली– वन्यजन्तुलाई पानीका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्यका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कृत्रिम पोखरीको निर्माण तथा प्राकृतिक ताल र पोखरीको संरक्षणमा जुटेको छ।
वन्यजन्तुुहरुको वासस्थानको रूपमा रहेका मुख्य–मुख्य ताल र पोखरीलाई व्यवस्थापन गर्ने कामलाई निकुञ्जले प्राथमिकतामा राखेको निकुञ्जका सहायक संरक्षण अधिकृत उक्तमकुमार चौधरीले बताए। ‘वन्यजन्तुलाई खानेपानी आवश्यक पर्छ। बाघ हात्ती लगायतलाई आहाल चाहिन्छ। यो वन्यजन्तुलाई खानेपानीको व्यवस्था निकुञ्ज भित्रै भयो भने बाहिर जान सक्दैनन्,उनले भने,‘चोरी शिकारमा पनि नियन्त्रण हुुन्छ। वन्यजन्तु पनि पानीमै निर्भर हुन्छन्।’
चौधरीका अनुसार निकुञ्जमा सिमसारहरू रानी ताल, सोलगौडि ताल ,शिकारी ताल ,कालिकिच ताल र रारा ताल जस्ता आधा दर्जन बढी तालहरू छन्। निकुुुञ्जमा रहेका यस्ता ताल तलैया र सिमसार क्षेत्रहरूले १० प्रतिशत भुुभाग ओगटेका छन्। यस्ता क्षेत्रहरू निकुञ्ज भित्रका वन्यजन्तुका लागि पानीको मुख्य स्रोत हुन्।
निकुञ्जमा अवस्थित सिमसार क्षेत्रहरू मध्ये सबैभन्दा ठुलो र ऐतिहासिक सिमसार क्षेत्रको रूपमा रहेको रानी तालको विशेष महत्त्व रहको छ। यो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरूलाई नुहाउनको लागि बनाएको ताल भएकाले यस तालको नाम रानी ताल रहन गएको हो भन्ने किम्बदन्ती छ।
यो तालको व्यवस्थापनको काममा मुख्य जोड दिइएको छ। यो तालको क्षेत्रफल ७ दशमलव १ हेक्टर छ। रानी तालको स्वरूप अहिले परिवर्तन भएको छ। घाँसले पुरिन लागेको यो ताललाई हाल संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रेन्जर अनिल रसाइलीले बताए। सहायक संरक्षण अधिकृत चौधरीका अनुसार रानितालमा सोलारसहितको बोरिङ राख्ने योजना रहेको बताए। साथै अन्य तालहरूमा पनि बोरिङ गाड्ने र झारपात व्यवस्थापन गर्ने योजना छ।
उनले निकुञ्जको सिमसार क्षेत्रमा मुख्य गरी माटोहरू पुरिने ठुलो समस्याका साथै मिचाहा प्रजाति आएर ताललाई भर्ने गर्दा ताललाई व्यवस्थापन गर्न गाह्रँे रहेको बताए। वन्यजन्तुुहरुका साथै विभिन्न जातका चराहरूको मुख्य वासस्थानको रूपमा रहेकाले यो क्षेत्र पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा रहको छ।
रानी ताल संरक्षण र व्यवस्थापनका लागि भइरहेका प्रयासहरूलाई निरन्तरता दिन उत्तिकै आवश्यक देखिन्छ। रानी तालसँगै अन्य तालहरूलाई पुरानै अवस्थामा फर्काउन विगत २ वर्षदेखि प्रयास भएको छ। यो प्रयासले साघुुरिदै गएका र संकटमा परेका तालहरूको अवस्था फेरिने निकुञ्जले विश्वास लिएको छ।
यसका साथै निकुञ्ज भित्रका साना–साना सिमसार पोखरी व्यवस्थापनको कामले पनि तीव्रता पाएको छ। यहाँ पिपल पोखरी,तिनकुुने पोखरी ,बाघ पोखरी ,सुके पोखरी लगायत दर्जन बढी पोखरीहरू छन्। यी प्राकृतिक पोखरी व्यवस्थापनसँगै नयाँ कृत्रिम पोखरी खन्ने काम पनि भईरहको छ। यो कामले पानीको पुर्नभरणमा सहयोग पुग्छ।
निकुञ्ज भित्र रहेका ताल पोखरीहरूलाई बेला बेलामा सरसफाइ गर्ने काम भएको छ। सुख्खा समयमा तालको पानी सुक्न नदिन बोरिङ मार्फत पानी भर्ने काम गरिएको छ। ठाउँ-ठाउँमा सोलार पम्प मार्फत पानी आउने प्रविधि जडान गरेपछि सिमसार क्षेत्र व्यवस्थापनमा थप सहयोग पुुगको छ ।
‘नयाँ तालहरू ६० वटा निर्माण भइसकेको छ। पुराना तालको मिचाहा प्रजाति हटाउने मुख्य योजना त्यही हो । वन्यजन्तु व्यवस्थापनका लागि सिमसार क्षेत्र व्यवस्थापन महत्वपूर्ण कुरा हो। पानी महत्त्वपूर्ण भएकाले सोलारसहितको बोर्डिग जडान गर्ने र पोखरीहरू पुरिँदै गएको छ। माटोहरू झिकेर अपग्रेट गर्ने योजना छ,’सहायक संरक्षण अधिकृत चौधरीले भने।
सिमसार क्षेत्र व्यवस्थापन र पोखरीहरूमा पानीको पुुर्नभरणका लागि राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम,तराई भुुपरिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष लगायतका सङ्घ सस्थाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेका छन्।
‘चेक ड्याम्म बनाउने घाँसे मैदान बनाउने कुरा भयो वन्यजन्तुले पानी खान पाउन भनेर साना साना प्रयास भइरहेका छन्,’राष्ट्रिय प्रकृति संरक्षण कोष,शुुक्लाफाटा संरक्षण कार्यक्रमका सुदिप राग निरौलाले भने। शुुक्लाफाटामा आउने पर्यटकहरू रानिताल भनेर आउँछन्। यहाँ जनावरहरू विचरण गर्छन्। बाघहरू पनि देखिने ,चराका लागि हट स्पट भएकाले प्रजाति अवलोकन गर्न सकिने भएकाले पर्यटकीय गन्तव्यका रूपमा रहको छ।
सहायक संरक्षण अधिकृत चौधरीले प्राकृतिक पोखरीहरू संरक्षण र सरसफाइको काम भइरहेको बताउँछन्। नेपालकै सबैभन्दा ठुलो घाँसे मैदानको रूपमा रहेको शुुक्लाफाटा घाँसे मैदानमा पनि विगतमा थुप्रै सिमसार क्षेत्र थिए। पछि यी सिमसार क्षेत्र पनि सुक्दै गए। वन्यजन्तु र चराचुुरुगिंहरुका लागि पानीको समस्या परयो। अहिले यो क्षेत्रमा रहेका साना–साना सिमसार क्षेत्रहरू व्यवस्थापनको काम प्रभावकारी देखिएको छ।
साना —साना सिमसार क्षेत्रहरूमा पानी जमाई राख्नको लागि यो प्रविधि उपयोगी मानिएको छ । जसले गर्दा वन्यजन्तुलाई सहजै पानी खाने वातावरण मिलेको छ । जसका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र विभिन्न गैर सरकारी सघं संस्थाहरुले यसको दीर्घकालीन व्यवस्थापनका लागि पनि पहल थालिरहेका छन्।
सिमसार क्षेत्र व्यवस्थापन र पोखरी व्यवस्थापनको काम भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्थापन भएको छ। वन्यजन्तु पानी खानका लागि निकुञ्ज सिमानामा रहेको नालामा आई सीमा क्षेत्र भन्दा बाहिर जाने सम्भावना कम हुन्छ। जसले गर्दा निकुञ्जको जैविक विविधता संरक्षणमा सहयोग पुग्छ। साथै यो प्रयासले पर्यापर्यटनको विकास गरी स्थानीयको जीवन स्तरमा सुधार ल्याई संरक्षणमा पनि टेवा पुराउने छ।