Sunday, November 24, 2024

अवैध रूपमा फूल आयात रोक्न माग

काठमाडौं-फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान) ले तिहारको मुखमा विदेशबाट अवैध रूपमा फुलको आयात भइरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

आत्मनिर्भरताका लागि कृषकहरूले बर्सेनि पुष्प खेती गर्ने क्रम बढ्दो रहेको तर, व्यापारको सिजनमा अवैधरुपमा फुल भित्र्याएर सस्तोमा बेच्ने उद्देश्यले राजधानी भित्र्याइएको फ्यानले जनाएको छ ।

फ्यानले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गैर पुष्प व्यवसायीहरूले विना विल विजक नै फुल भित्र्याएर राजधानीका विभिन्न कोल्ड स्टोरमा राखेको जनाएको छ । अवैध आयात रोकी नेपालका स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

फ्यानले आन्तरिक राजस्व कार्यालय, क्वारेन्टाइन कार्यालय र स्थानीय प्रशासनलाई यस सम्बन्धी ध्यानाकर्षण गराएको जनाएको छ ।

गोदावरी पुष्प मेला :७१ लखको कारोबार

चार दिने गोदावरी पुष्प मेला सोमबार सम्पन्न भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को आयोजनामा गत शुक्रवारदेखि सुरु भएको मेलामा कविर ४० हजारले अवलोकन गरेका छन् भने ७१ लाख बराबरको पुष्प जन्य वस्तुको कारोबार भएको महासचिव विश्वमणी पोखरेलले बताए।

चार दिने मेलाको अन्तिम दिन करिब ८ हजार ५ सय अवलोकन गरेको र १५ लाख बराबरको कारोबार भएको छ । मेला संयोजक शिव बहादुर खड्काका अनुसार पहिलो दिन ६ हजार ५ सयजनाले अवलोकन गरेका थिए भने १२ लाख रुपियाँको कारोबार भएको थियोे । त्यस्तै शनिवार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपियाँ बारबारको कारोबार भएको थियो भने आइतबार १० हजारले मेला अवलोकन गरेका थिए त्यसमा साढे १९ लाख रुपियाँको कारोबार भएको थियो ।

मेलामा अपेक्षा भन्दा बढीको अवलोकन र कारोबार भएकोमा आफूहरू थप उत्साहित भएको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । “बर्सेनि उपभोक्ताले पुष्प क्षेत्रलाई माया गर्ने क्रम बढ्दो छ, हामी पनि उपभोक्ताको माग बमोजिम उत्पादन बजारमा ल्याऊ कोसिसमा लागिरहेका छौँ,” उनले भने । यो वर्षको गोदावरी मेलामा १६ नयाँ प्रजातिको फुलको समेत प्रदर्शनी गरिएको थियो । उपभोक्ताको घुइँचो बढ्दा शनिवारको दिन जावलाखेल खेलमैदान भरिभराउ देखिन्थ्यो भने अरू दिनमा पनि उपभोक्ताको चाप बढेको थियो ।

आयोजकले यो वर्षको गोदावरी फुलको मेलामा ३५ हजारको अवलोकन र ५० लाखको कारोबारको अनुमान गरेका थिए । यो वर्षको मेलामा लक्ष्य भन्दा ५ हजार बढी अवलोकनकर्ता र २१ लाख बढी कारोबार भएको छ । यो वर्ष आयोजकले मेलामा पस्न टिकटको समेत व्यवस्था गरेका थिए । टिकट काट्ने व्यवस्थाले मेला थप व्यवस्थित भएको एशोसिएनका पूर्व अध्यक्ष लोकनाथ गैरेले बताए।

प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फुलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल थिए । मेलामा घरभित्र सजाउने फुल धेरैको रोजाईमा परेको छ । साना साना गमलामा रहेका आकर्षक फुलका बोटहरूको बारेमा जानकारी लिने र खरिद गर्ने बढी देखिएको छ । त्यसका साथै गमला तथा बगैँचामा रोप्ने ठुला खालका फुल बोट पनि बिक्री वितरण भइरहेको व्यवसायी राजु तामाङले बताए। यसका साथै पुष्प क्षेत्रका अध्ययन अनुसन्धान गर्ने विद्यार्थी, वैज्ञानिक, प्राध्यापक लगायत सर्वसाधारणहरू फुलका बारेमा विभिन्न स्टलमा गएर जानकारी लिइरहेका छन् ।

मेला उद्घाटनको दिन प्mयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर वंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५/७६ सम्म आईपुग्दा सतसय भन्दा बढी पुष्प व्यवसायीहरूद्वारा यस व्यवसायीमा संलग्न रहेका छन् । यो व्यवसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको जानकारी गराउँदै उहाँले यस व्यवसायमा ४३ हजार पाँच सय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार