Wednesday, October 23, 2024

अन्नपूर्ण पदमार्ग बन्द गर्नेबारे पर्यटन मन्त्रालय र टान बेखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा ३ दिन अन्नपूर्ण पदमार्ग बन्द गर्नेबारे आफूहरुलाई जानकारी नभएको पर्यटन मन्त्रालय र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) ले वताएका छन् ।

मोदी हेलिकप्टरबाट मुक्तिनाथ जाने कार्यक्रम छ । मुस्ताङको स्थानीय प्रशासनले भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका क्रममा त्यहाँको अन्नपूर्ण पदमार्ग बन्द गरिने जनाएपनि मन्त्रालय र टानलाई भने यस विषयमा कुनै जानकारी नभएको दुवै निकायका उच्च अधिकारीले जानकारी दिएका छन् ।

‘अन्नपूर्ण पदमार्ग बन्द हुने जानकारी त हामीलाई आउनुपर्ने हो तर त्यस विषयमा हामीलाई त्यस्तो कुनै जानकारी आएको छैन,’ पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले हाकाहाकीसँग भने, ‘मुस्ताङ जिल्ला प्रशासनले बन्द गर्ने भनेपनि हामीसँग कुनै समन्वय भएको छैन र पदमार्ग बन्द हुदैन।’ नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी मुस्ताङको मुक्तनाथ मन्दिर दर्शन गर्न जान लागेका हुन् ।

जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने भएपनि सुरक्षाकाको दृष्टिकोणलाई मध्यनजर गर्दै ३ दिन पदमार्ग बन्द गरिने प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले हाकाहाकीलाई जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणलाई व्यवस्थित बनाउन पदमार्ग ३ दिन बन्द गरिने भएको उनले बताए । धेरै पर्यटकहरु मनोरम दृश्य हेर्न र विदा मनाउन त्यही पदमार्ग भएर त्यहाँ पुग्ने गर्छन् । मोदीले चढेर आउने हेलिकोप्टर अवतरणका लागि हेलीप्याडको ब्यवस्था हुने छ । मुक्तिनाथ मन्दिर अन्नपूर्ण पदमार्गमा पर्ने भएकोले पदयात्रीको आउजाउमा पनि कडाई गरिदैछ ।

अन्नपूर्ण पदमार्ग बन्द हुनाले सिंगो पर्यटन ब्यवसायमा नै ठूलो धक्का लाग्ने टानका अध्यक्ष नमराज दाहालले वताए । ‘त्यति धेरै पर्यटक कहाँ जाने ? विदेशबाट निश्चित समय लिएर आएकालाई समस्या पर्न सक्छ,’ दाहालले भने । यसले अन्र्तराष्ट्रिय उडानदेखि लिएर पर्यटन व्यवसायको आर्थिक स्रोतमा असर गर्ने उनले वताए ।

‘भारतीय प्रधानमन्त्री हेलिकप्टरबाट आउने अनि अन्नपूर्ण पदमार्ग त पैदल हिड्ने हो, किन बन्द नै गर्नुप¥यो र । ’ मुस्ताङ प्रशासन पदयात्रीलाई तीन दिनसम्म मनाङको चामे वा मनाङ गाउँमै रोक्ने तयारी छ ।

ताजा समाचार

सम्बन्धित समाचार