Tuesday, October 22, 2024

​सरकार शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिवद्ध : प्रधानमन्त्री

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

झापाको दमक खानेपानी तथा सरफाइ उपभोक्ता संस्थाको उ्दघाटन गर्दै प्रधानमन्त्री ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने गरी सरकारले योजना बनाउने बताएका हुन् ।

नेपाल सरकार, नगर विकास कोष र खानेपानी तथा सरफाइ उपभोक्ता संस्थाको ३० करोड २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ लागतमा दमक खानेपानी आयोजना निर्माण हुन लागेको हो ।

प्रधानमन्त्रीले दमक–रवी बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाइने जानकारी दिँदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने उनले बताए । ओलीले प्रदेश नम्बर १ को राजधानी जहाँ भए पनि ब्यापारिक केन्द्रको रुपमा दमकको विकास गरिने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार