Tuesday, October 22, 2024

अब हामी एग्रो फरेष्टमा जान्छौं : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब एग्रो फरेष्टको अवधारणा कार्यान्वयन गर्ने बताएका छन् ।

आज बिहान बुटवलस्थित प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने, ‘अब हामी एग्रो फरेष्टमा जान्छौं । जंगल लगाउँछौ । आँप बगैंचा लगाइदियो भने जंगलै –जंगल भो, फलफूल पनि भयो । लिची लगाइदियो भने भयो नि ।’

उनले मसलाजन्य रुखहरुले जमिन ‘बञ्जर’ बनाउने हुँदा फलफूलजन्य रुखहरु लगाउँदा जनताको जीवनस्तरमा समेत परिवर्तन आउने हुनाले एग्रो फरेष्टमा जाने बताए ।

‘मसलाका रुख लगाउँदा ५० वर्षपछि जमीन ‘बञ्जर’ बनाइदिन्छ, अनि त्यसले दिने अक्सिजन कति हुन्छ ?’प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण नचाहिने कुराहरु भन्दा उत्पादनमूलक, रोजगारीमूलक, रोजगारीमूलक जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हुनुपर्छ ।’

सभालाई सम्बोधन गर्दौ प्रधानमन्त्री ओलीले कसैलाई जाडोले कठांग्रिएर मर्न नदिनका लागि आफु प्रधानमन्त्री भएको बताएका छन् ।

‘तराईमा एक महिना जाडो हुन्छ, अनि यति मान्छे चिसोले कठांग्रिएर मरे भन्ने सुनिन्छ । त्यस स्थितिमा हामी छौं’,प्रधानमन्त्री ओली भने ‘अब नेपालमा जाडोले कठांग्रिएर मान्छे मर्न पाउँदैनन् । त्यसको व्यवस्थाका गर्नका लागि नै सरकार छ । र, म प्रधानमन्त्री भएको कसैलाई जाडोले कठांग्रिएर मर्न नदिनका लागि ।’ प्रधानमन्त्रीको प्रदेशसभाको बैठकलाई सम्बोधन गरेको यो पहिलो हो । अब क्रमशः अन्य प्रदेशसभालाई पनि प्रधानमन्त्रीले यसैगरी सम्बोधन कार्यक्रम छ ।

ताजा समाचार

सम्बन्धित समाचार