सिरहाका बाढीपीडितलाई राहत

सिरहा– सिरहाको औरही गाउँपालिकाका बाढीपीडितलाई शनिबार प्रदेश नं २ सरकार र जिल्ला रेडक्रस सोसाइटीले राहत वितरण गरेकोे छ।

गागन नदीको बाढीबाट पीडित औरही गाउँपालिका–१, ४ र ५ का ३५० परिवारलाई राहत वितरण गरिएको हो। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार २५ किलो चामल, चार किलो दाल, सुकुल, झुल, तेल, साबुनलगायत राहत सामग्री वितरण गरे। मन्त्री यादवले नदीमा तत्काल बाँध निर्माणका लागि प्रदेश सरकारले पहल थालेको बताए।

यस्तै रेडक्रसले प्रतिपरिवार ३० किलो चामल, चार किलो दाल र एक–एक थान त्रिपाल वितरण गरेको रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार